Logo

बैंक / बिमा /शेयर

गरिमा बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता !


GDP Nepal
   २२ जेष्ठ २०७६, बुधबार


काठमाडौं । गरिमा विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आइएमई लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आइएमई लाइफ इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालय सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह