Logo

अर्थनीति

पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ विरुद्ध मुद्दा


gdpnepal
   २२ मंसिर २०८२, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।

अख्तियारले पूर्वमन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दर्ता भएको मुद्दामा १० जना तत्कालीन सचिवलाई समेत विपक्षी बनाइएको छ ।

पूर्व सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ ।

तत्कालीन सहसचिवहरू (पछि सचिवबाट सेवानिवृत्त भएका) रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमा रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि छन् ।

प्राधिकरणका तत्कालीन उप महानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित : २२ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह