काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २१.४८ अंकले घटेर दुई हजार ६०९.६९ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक ५०, फाइनान्स २३, होटल तथा पर्यटन ८४, हाइड्रोपावर ४१, जीवन बीमा ७८, उत्पादन ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा १०२, अन्य २ र व्यापार उपसमूह ४६ अंकले घटेको छ ।
आज बुंगल हाइड्रोको सेयर ८.५१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२५ कम्पनीको एक करोड सात लाख कित्ता सेयर ५ अर्ब ३३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया