Logo

बैंक / बिमा /शेयर

एसबीआई मर्चेन्ट बैंकिङका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट


GDP नेपाल
   १० जेष्ठ २०८१, बिहिबार


काठमाडौं । एसबीआई मर्चेन्ट बैंकिङका ग्राहकले स्काईवाक टावरमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । यसको लागि एसबीआई मर्चेन्ट र वन्डर्स नेपालबीच सम्झौता भएको छ । सम्झौतामा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबीआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुखकार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एसबीआई बैंक नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबीआई मर्चेट बैंकिङमा डिम्याट खाता खोलेका सेवाग्रहीले छुट पाउनेछन् । स्काईवाक टावरमा जान १ देखि ५ जनाका लागि टिकट काट्ने ग्राहकले १५ प्रतिशत र ५ जनाभन्दा बढीको लागि टिकट काट्नेले २० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता कार्यक्रममा नेपाल एसबीआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । साथै, वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह