काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले खनाललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सिइओका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ परेको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।
प्रतिक्रिया