काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनी ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया