Logo

बिजनेस होम

बीएमडब्ल्युको आईएक्स वान नेपाली बजारमा, मूल्य १ करोड ४९ लाख ९६ हजार


GDP नेपाल
   ११ जेष्ठ २०८१, शुक्रबार


काठमाडौं । बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स एक्टिभिटी भेइकल नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा दिगो मोबिलिटी प्रदान गर्ने प्रतिबद्धताका साथ सो एसएभी उपलब्ध गराएको बताएको छ ।

प्रिमियम कम्प्याक्ट सेग्मेन्टमा नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युको यो अर्को भेरिएन्टको स्पोर्ट्स एक्टिभिटी भेइकल हो । यसमा भएको ई–ड्राइभ२० ले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा आकर्षक इन्ट्री गरेको छ, जसले डब्ल्युएलटीपी अनुसार प्रति १०० किलोमिटर दुरी पार गर्दा १७.२ देखि १५.४ किलोवाट आवरको कम्बाइन्ड पावर लिन्छ भने शून्य कार्वन डाइअक्साइड उत्सर्जन गर्छ । यो गाडी १५० किलोवाट अर्थात २०४ एचपी सम्म म्याक्सिमम आउटपुट दिने इलेक्ट्रिक मोटरद्वारा सञ्चालित हुन्छ र ४३० देखि ४७५ किलोमिटर सम्मको रेन्ज दिन्छ ।

त्यसैगरी यसको म्याक्सिमम टर्क २५० एनएम छ । सो कम्प्याक्ट एसएभीले ८.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसको टप स्पिड १७० किलोमिटर प्रतिघण्टा सम्म हुन्छ ।

यो गाडीमा ६४.७८ किलोवाट आवरको ब्याट्री छ, जसले यसमा भउको ई–मोटर समेतको सहयोगले उपयुक्त पावर प्रदान गर्नुका साथै रेन्ज बढाउन भूमिका खेल्छ । यसलाई ११ किलोवाट सम्मको स्ट्यान्डर्ड एसी चार्जरबाट चार्ज गर्न सकिन्छ । यसबाट साढे ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी २२ किलोवाट सम्मको थ्री–फेज एसी चार्जिङ पनि अप्सनल रुपमा उपलब्ध हुन्छ । यसले चार्जिङ समयलाई साढे ३ घण्टामा सीमित गर्छ । ब्याट्रीलाई १३० किलोवाट सम्मको डिरेक्ट करेन्टबाट पनि चार्ज गर्न सकिन्छ । त्यसैगरी फास्ट चार्जिङ स्टेसनमा २९ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

बीएमडब्ल्यु आईएक्स वान ई–ड्राइभ २० मा टु–जोन अटोमेटिक एयर कन्डिसनिङ, विभिन्न आधुनिक ड्राइभर असिस्टेन्स सिस्टम, रिभर्स असिस्ट क्यामेरा सहितको पार्किङ असिस्टेन्ट र असंख्य इनोभेटिभ डिजिटल पोसिबिलिटिज रहेका छन् । यसमा क्विकसेलेक्ट र नयाँ बीएमडब्ल्यु अपरेटिङ सिस्टम ९ स्ट्यान्डर्ड इक्विपमेन्टका रुपमा रहेका छन् । यसबाट इन्फर्मेसन र इन्टरटेनेमन्टका लागि प्रशस्तै डिजिटल कन्टेन्ट प्राप्त गर्न सहयोग पुग्छ ।

यसमा भएको बीएमडब्ल्यु कर्भ्ड डिस्प्लेलाई गाडीको डिस्प्ले र कन्ट्रोल सिस्टमको केन्द्र मानिन्छ । यसमा १०।२५ इन्चको इन्फर्मेसन डिस्प्ले र १०।७ इन्चको कन्ट्रोल डिस्प्ले छ, जुन ड्राइभरतिर कर्भ्ड तरिकाले फर्केको पाइन्छ । त्यसैगरी यसमा भएको पछिल्लो आई–ड्राइभ जेनेरेसनमा क्विकसेलेक्ट सहितको रिडिजाइन गरिएको स्टार्ट स्क्रिन हुन्छ ।

नेपालको प्रिमियम ईभी बजारमा यसले एउटा नयाँ स्ट्यान्डर्ड कायम गर्ने विश्वास लक्ष्मी प्रिमियम मोटर्सले लिएको छ । नेपाली बजारमा यसको प्रारम्भिक मूल्य १ करोड ४९ लाख ९६ हजार रुपौयाँ तोकिएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह