काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज ९जेठ १४ गते० बाट १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लघुवित्तको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने न्यूनतम ६०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया