Logo

Sub-banner

ॐ हस्पिटलको साधारण सभा सम्पन्न


GDP नेपाल
   १४ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । काठमाडौंको चवहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

धुम्वाराहिस्थित अकामा होटलमा सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येह वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ ।

यस्तै, हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा.हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा.रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।

भारतको ख्यातिप्राप्त अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका तथा चिकित्सा क्षेत्रमा पाँच दशक भन्दा बढीको अनुभव संगालेका डा.श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन् ।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य ९सिनेटर० रहेका उनी नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत भइसकेका उनी नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत हुन् ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभामा उपस्थित अस्पतालका संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको थिए । ह

सम्बोधनका क्रममा अध्यक्ष डा.श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । ।बोर्डले समय सापेक्ष तथा विश्वस्तरमा अस्पताल संचालन गर्ने र उच्च स्तरिय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ लगायत सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको साथमा आगामी दिनमा अस्पताललाई नयाँ ढङ्गबाट अगाडि लैजाने र पूर्ववत नेपालको पहिलो रोजाइको सेवा प्रदायक बनाउने बताए ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह