Logo

Sub-banner

बजेट भाषण दुई घण्टा सर्‍यो


GDP नेपाल
   १५ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति बन्न नसकेकाले संसदको पूर्वनिर्धारित बैठक पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक सरेको हो ।

वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो । तर राजनीतिक कारणले २ घण्टा पर सरेको छ । संसद सचिवालबाट बसचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह