Logo

मुख्य समाचार

सूचना प्रविधिमा १० वर्षमा ३० खर्बको निर्यात, १५ लाख रोजगारी


gdpnepal
   १५ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य लिइएको छ। अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

उनले यस क्षेत्रलाई अर्थतन्त्रको संवाहक क्षेत्र भनेका छन्। १० वर्षमा प्रत्यक्ष रोजगारी नै ५ लाख सिर्जना गर्ने लक्ष्य लिइएको छ।

यस्तै कृत्रिम बौद्धिकताको विकास र प्रबर्द्धन गरिने भएको छ। किफायती इन्टरनेट सेवा, डिजिटल नेपाल फ्रेमवर्कको पुनरावलोकन र सार्वजनिक निकायमा स्वदेशमा उत्पादन सफ्टवेयरको प्रयोगमा जोड दिइने बजेटमा उल्लेख छ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह