Logo

बिजनेस होम

नेपाल सरकार र सडक आन्दोलनसँग झुकेन अमेरिकाः सन्दीप लामिछानेलाई फेरि दिएन भिसा !


gdpnepal
   १७ जेष्ठ २०८१, बिहिबार


काठमाडौं । अन्ततः नेपालीहरुले सडक आन्दोलन नै गरे पनि अमेरिकाले विवादास्पद क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

दोस्रो पटक आवेदन दिँदा पनि लामिछानेले आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा पाएनन् ।

बिहीबार अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका सन्दीपलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

गौशाला २६ उपनामकी एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह