Logo

बिजनेस होम

बालेन भर्सेस ओलीः गिरीबन्धुको बैना फिर्ता गर्नुहोला नत्र बूढेशकालमा फेरि जेल जानुपर्ला !


gdpnepal
   २१ जेष्ठ २०८१, सोमबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु जग्गा बिक्रीका लागि लिएको बैना समयमै फिर्ता गर्न सुझाव दिएका छन् ।

ओलीलाई बालेनले समयमै बैना फिर्ता नगरे जेल जानुपर्ने अवस्था आउनसक्ने चुनौती पनि दिएका छन् ।

ओलीले गिरीबन्धुबाट ध्यान मोड्न अनेक कान्ड गरिरहेको बालेनको आरोप छ । अहिले जतिसुकै कान्ड गरे पनि कुनै दिन गिरीबन्धुको फाइल खुल्ने र त्यसबेला ओली जेल जाने बालेनको भनाइ छ ।

“समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेनले सोमबार गरेको पोष्टः
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं “ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह