Logo

Sub-banner

निर्यात व्यवसायीको अनुदान रकम भुक्तानीको माग


GDP नेपाल
   २४ जेष्ठ २०८१, बिहिबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान गर्नका लागि माग गरे ।

उनले भने, ‘व्यापार घाटा हुँदै गर्दा आयातलाई प्रतिस्थापन गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन् । तर सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम प्राप्त गर्न नसक्दा व्यवसायीहरुल गुनासो गरेका छन् । त्यसैले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेको अनुदान रकम दिन आग्रह गर्दछु ।’

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह