काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया