Logo

बिजनेस होम

फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले फुटबल सिजनमा विभिन्न छुटको अफर ल्याएको हो ।

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशत सम्मको छुट प्रदान गर्दै छ साथै, यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ ।

अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशत सम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०५ ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन् । यस विशेष सेवाको लाभ लिन ग्राहकहरूलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ ।

निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ । यो योजना असार ३१, २०८१ सम्म लागु रहने सामसङले जनाएको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह