Logo

बैंक / बिमा /शेयर

नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशील कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्याम्पस प्रमुख खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आइरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । बैंकको तर्फबाट प्रदेश प्रमुख नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिंङ मार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप।प्रा।÷संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह