Logo

बिजनेस होम

‘लेमन ट्री प्रिमियर बुढानिलकण्ठ’ले पायो पाँच तारेको मान्यता


gdpnepal
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौं ।
१३ रोपनी क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बुढानिलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ । पर्यटन विभागले गरेको अनुगमनमा पाँच तारेको मापदण्ड पुरा भएको पाईएपछि विभागले पाँच तारेको मान्यता दिएको हो ।

सुन्दर र शान्त वातावरणमा रहेको होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो । चार बर्ष देखि निमार्णाधिन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ । २ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिएपनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटलका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनु भएको छ । पछिल्लो समय उच्चवर्गको बसोबास बढ्दै गएको बुढानिलकण्ठ क्षेत्रमा खुलेको यो पहिलो पाँचतारे होटेल हो ।

साथै काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा पनि बूढानीलकण्ठ क्षेत्र विकास हुँदै छ । १३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन । जस मध्य ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन् । यी रुपमा कुल १९० बेड रहेका छन् । त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरि २ वटा बैंक्वेट हल रहेका छन् । त्यसैगरि निकट भविष्यमै सञ्चालनमा ल्याउने उद्देश्य सहित १८ हजार वर्ग फिटको क्यासिनो हल पनि निमार्ण भईरहेको छ ।

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्र रहेका छन् । होटल सञ्चालकमा प्रवन्ध सञ्चालक बाबुकाजी कार्की सहित अध्यक्षमा डा. राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, सिए नवराज बुर्लाकोटी, सिए दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्। लेमन ट्री भारतीय प्रसिद्ध ब्राण्ड हो । यसका विश्वका ८० देशमा १५० भन्दाबढी होटेल रहेका छन् ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह