Logo

बैंक / बिमा /शेयर

बढ्यो पाउण्ड र युरोको भाउ, अन्य मुद्राको विनिमय दर कति ?


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ । बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो को खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह