Logo

बैंक / बिमा /शेयर

आइएमई २४ औ वर्षमा: ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ मूल नारासहित मनाइयो वार्षिकोत्सव


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । आईएमई लिमिटेड २४ औँ वर्षमा प्रवेश गरेको छ । आईएमईले २४ औँ वार्षिक उत्सव ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाएको आईइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल जानकारी दिनुभयो ।

उहाँले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्‍याउने कम्पनीको रूपमा आईएमईले योगदान गरिरहेको बताउनुभयो ।

रेमिटेन्स सेवा रकमको औपचारिक आदानप्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गर्नुभयो ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आईएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उल्लेख गर्नुभयो ।

त्यसैगरी आईइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने भनाइ राख्नुभयो ।

वार्षिकोत्सवको अवसरमा अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह