Logo

बिजनेस होम

निसानको म्यागनाइट एसयूभीमा ४ वर्षसम्म नि:शुल्क इन्धन


GDP नेपाल
   ६ असार २०८१, बुधबार


निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयूभी निसान म्याग्नाइटमा नयाँ योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म निस्शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन्।

साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्टसहित महत्त्वपूर्ण बचतको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। ब्रान्डले यस अफरमार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ।

पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निसान म्याग्नाइट एसयूभी उत्कृष्ट पर्फमेन्ससहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयूभी भएको बताए। यसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाइ बनेको उनको भनाइ छ।

‘हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ’, उनले भने, ‘यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो।’

प्रकाशित : ६ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह