Logo

बैंक / बिमा /शेयर

एनएमबी बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौं । एनएमबी बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको छ । साझेदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनने छन् ।

छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । यो अफरमार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधासमेत पाउनेछन् । 

एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

यो बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह