Logo

बैंक / बिमा /शेयर

डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्ने छन् । यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने बताए ।

साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव क केन्द्रित रहेको जानकारी समेत गराएका थिए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा ग्राहकमैत्री सेवाहरु ल्याउँदै आएको छ भने आगामी दिनहरुमा पनि विभिन्न प्रविधि मैत्री सेवा तथा सुविधा सञ्चालनमा ल्याउने योजना बैंकको रहेको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह