Logo

बिजनेस होम

रानीवन रिट्रिट रिसोर्टले ल्यायो ‘मनसुन मार्वल प्याकेज’, होटल रुममा ५० प्रतिशतसम्म छुट


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


पोखरा । पोखरास्थित रानीवन रिट्रिट रिसोर्टले ‘मनसुन मार्वल प्याकेज’ ल्याएको छ । मनसुन मार्वल प्याकेज रानीवन रिट्रिट अफरअन्तर्गत ग्राहकहरुले होटल रुममा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

होटलले जून, जूलाई र अगस्टका लागि  ल्याएको यस विशेष अफरमा सोमबारदेखि बिहीबारसम्मका लागि ५० प्रतिशत छुटसहित ६ हजार रुपैयाँमा रुम लिन सक्नेछन् । त्यस्तै, शनिबार र आइतबारका लागि भने २५ प्रतिशत छुटसहित ९ हजार रुपैयाँमा ग्राहकले आफ्ना लागि रुम लिन सक्नेछन् ।

रिसोर्टका अनुसार ग्राहकको सुविधालाई मध्यनजर गर्दै हालै मात्र थप ८ वटा नयाँ प्रिमियम रुमहरु र स्वीमिङ पुल समेत निर्माण गरिएको छ ।

यसका साथै जून देखि अगस्टसम्म होलको खानामा १५ प्रतिशत छुट अफर छ भने पेयपदार्थमा १० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह