Logo

बैंक / बिमा /शेयर

एफपीओ निष्कासन गर्ने प्रस्तावसहित विजय लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   १० असार २०८१, आइतबार


काठमाडौं । विजय लघुवित्तले १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव सहित असार ३० गते सभा बोलाएको हो ।

सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह