Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   ११ असार २०८१, सोमबार


काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

यसमा न्यूनतम ३०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित : ११ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह