Logo

मुख्य समाचार

प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन: मन्त्री गुरुङ


GDP नेपाल
   २९ पुस २०८१, सोमबार


काठमाडौं । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचनामन्त्रालयसँग छलफलमा भएको हो ।

छलफलमा बोल्दै सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक किन ल्याउनुपर्‍यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रवन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए ।

उनले भने, ‘मिडिया काउन्सिलविधेयक किन ल्याउनुपर्‍यो ?प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ । त्यसको भन्ने खालको कुरा आउँछ । तर त्यो प्रेस काउन्सिल विधेयकको संरचना जुन खालको छ, जे खालको कानुनी प्रवन्ध छ । त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको हो । यो बीचमा  धेरै कुरा परिवर्तन भइसकेको छ । त्यस क्षेत्रको साथिहरुले पनि मिडिया काउन्सिल विधेयक ल्याउनु पर्‍यो भनेर आएको थियो ।’

त्यस्तै बैठकमा समिति सदस्य सोबिता गौतमले नेपालमा औषधीहरुको विज्ञापन गर्न नपाइने व्यवस्था हुँदा हुँदै पनि आयुर्वेदिक प्रोडक्टहरुको विज्ञापन बढेकोमा अपत्ति जनाइन् । सामाजिक सञ्जालमा विज्ञापन हेरेको भरमा जनताले स्वतरुपमा किनेर खाने या प्रयोग गर्ने हुँदा त्यसले झन समस्या थपिएको उनको भनाई छ ।

उनले भनिन्, ‘नेपालमा औषधीहरुको विज्ञापन गर्न पाईदैन् । तर त्यो भन्दै गर्दा आयुर्वेदिक प्रोडक्टहरुको चाँही एकदमै विज्ञापन हुने गरेको देखिन्छ । त्यसमा नियमन नहुने कारणले सामाजिक सञ्जालमा धेरै विज्ञापनले विश्वास दिलाइ मानिसले स्वतरुपमा किनेर खाने हुँदा समस्या देखिएको छ ।’

प्रकाशित : २९ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह