Logo

बिजनेस होम

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने


GDP नेपाल
   ११ असार २०८१, सोमबार


काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।

नेपालमा हुन्डाई भेन्यू नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी ह्युन्डाइ नेपाल स् मेड फर योर जर्नी ग्राहकमुखी योजना ल्याएको छ।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा ह्युन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरू गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू ह्युन्डाइ मोटर कम्पनी कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ।

हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल ह्युन्डाइ भेन्यु १.२ (एस)को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ।

 

प्रकाशित : ११ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह