Logo

बैंक / बिमा /शेयर

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


GDP नेपाल
   १३ असार २०८१, बुधबार


काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।

कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासन सम्बन्धी प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित भइसकेको छ ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह