Logo

कृषि / सहकारी

खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल


GDP नेपाल
   १३ असार २०८१, बुधबार


रामेछाप । खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का किसानलाई अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर प्रदान गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र गाउँ विकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाकाले ५० प्रतिशत अनुदानमा ती सामाग्री वितरण गरेको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले किसानलाई सामाग्री हस्तान्तरण गरे ।

ती वडाका ४७ जना किसानले ४७ वटा खेत बारी जोत्ने मिनी टिलर पाएका छन् भने ५१ जनाले पिसानी डिक्स मिल लिएका छन् । त्यस्तै तीन जनाले ग्रास कटर लिएका छन् । किसानको मागका आधारमा ती सामाग्री उपलब्ध गराइएको परियोजना प्रमुख माधव ढकालले जानकारी दिए ।

लम्पी स्किन रोगका कारण गोरु मरेर खेती लगाउन समस्या भएका किसानलाई सहयोग पुगोस् भनेर मिनी टिलर वितरण गरिएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए । त्यस्तै किसानलाई पशु दाना तथा अन्न पिस्न सहजताको लागि मिल वितरण गरिएको उनले बताए ।

कृषि यन्त्र वितरणले ती वडामा कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह