Logo

बैंक / बिमा /शेयर

प्रभु बैंक र क्यान्सर हस्पिटलबीच छुट सम्झौता


GDP नेपाल
   १३ असार २०८१, बुधबार


काठमाडौँ । आफ्ना कर्मचारीहरूलाई लक्षित गर्दै प्रभु बैंकले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग छुट सम्झौता गरेको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट वाग्मतीका प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरूले परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले दिने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी पनि गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा। प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा। अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह