Logo

बिजनेस होम

सधैँका लागि बन्द भएको सर्वाङ्ग हस्पिटलको भवनमा अब अर्बर्न स्टुडियो


gdpnepal
   १३ असार २०८१, बुधबार


काठमाडौं । कुपण्डोलको सर्वाङ्ग हस्पिटल बन्द भएसँगै साविकमा हस्पिटल रहेको भवनमा विशाल डिजाइनिङ स्टुडियो खुलेको छ । हस्पिटलको नामबाट चर्चित सर्वाङ्ग चोकमा अर्बर्न स्टुडियोको नाउँमा फर्निचर पसलसहित डिजाइनिङ स्टुडियो खुलेको हो ।

सर्वाङ्ग स्वास्थ्य सदन प्रालिको सेवा भने गत वर्षबाटै बन्द भएको थियो । आर्थिक संकटका कारण टाट पल्टिएपछि स्थापनाको ३१ वर्षपछि अस्पताल बन्द भएको हो ।

सुपरिचित चिकित्सकहरु डा. सानुमाया दली र डा. विश्वराज दलीको नेतृत्वमा सञ्चालनमा रहेको अस्पताल स्त्री तथा प्रसूती रोगको उपचारका निमित्त लोकप्रिय पनि थियो ।

नर्सिङ्ग होमको रूपमा खुलेको अस्पतालमा चौबीसै घण्टा आकस्मिक उपचारका साथै आईभीएफलगायत सम्पूर्ण सेवाहरू सञ्चालन हुँदै आएको थियो । एक सय बेडको सुविधासहित सञ्चालित अस्पताल आर्थिक मन्दीका कारण बन्द भएको हो ।

अस्पतालको भवन अहिले भाडामा लगाइएको छ । बिरामीको चाप घटेर अस्पताल बन्द हुने क्रम अन्य क्षेत्रमा पनि रहेको बताइन्छ ।

अर्बर्न डिजाइनिङ स्टुडियो आर्किटेक एन्ड डिजाइनका क्षेत्रमा स्थापित कम्पनी हो ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह