काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी बढुवा भएका छन् ।
सञ्चालक समितिको निर्णय अनुसार उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।
२०५१ सालमा कम्युटर प्रोग्रामर ९ तह ७० को रूपमा बैंकिंङ सेवामा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरेका छन् ।
प्रतिक्रिया