Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिकमा आकर्षक छुट


GDP नेपाल
   १४ असार २०८१, बिहिबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक बीच विशेष छूट दिने समझदारी भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने पनि कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्षमा थप चार वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएको छ ।

प्रकाशित : १४ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह