Logo

बैंक / बिमा /शेयर

अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने


GDP नेपाल
   १५ असार २०८१, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बिहीबार भुक्तानी सम्बन्धि एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली बाणिज्य बैंक तथा विकास बैंकमा खोलेकोमा आबद्ध विद्युतीय बैंकिंग, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिंग, क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तरगतको रिटेल पेमेन्ट स्वीचमार्फत भारतीय बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने व्यवस्था गरेको हो। यस्तो कारोबार प्रतिदिन १५ हजार र प्रतिमहिना १ लाखसम्म गर्न सकिने छ।

यस्तै भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुने केन्द्रीय बैंकले जनाएको छ।

यस्तो कारोबार गर्न चाहने भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमतिपत्र प्राप्त संस्थाले विदेशी संस्थासँग समझदारी गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पूर्व सहमति लिनु पर्नेछ भने यस्तो पूर्व सहमतिको निवेदनसाथ प्रस्तावित विदेशी संस्थासँगको आवद्धताबाट हुने उपलब्धि(औचित्य लगायत यस विभागले माग गरे बमोजिमको कागजात-विवरण समेत पेश गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह