Logo

बैंक / बिमा /शेयर

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ बाट एकीकृत कारोबार सुरु गर्ने


GDP नेपाल
   १५ असार २०८१, शुक्रबार


काठमाडौं । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपश्चात लघुवित्तले ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गर्ने छन् । हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ भने र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । यता असार २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २३ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह