काठमाडौं । प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा प्रभु बिजनेस डेबिट कार्ड सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।
यो कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकको दाबी छ ।
यस कार्ड बैंकमा चल्ती खाता खोली कारोबार गर्नेरगरिरहेका खाताधनीलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।
व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन् । यो कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले भुक्तानी आवश्यकताहरू लाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया