Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा सुरु


GDP नेपाल
   १७ असार २०८१, आइतबार


काठमाडौँ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इन्स्युरेन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गरिएको हो ।

डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौँ ग्राहकमा गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको र डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाका अनुसार जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट ATM Withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्नेछन् ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

 

प्रकाशित : १७ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह