Logo

अर्थनीति

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन


GDP नेपाल
   १८ असार २०८१, सोमबार


काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष  २०८०/८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो ।

राष्ट्र बैंकका अनुसार रियल स्टेट  र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ । कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासिय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।

चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : १८ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह