काठमाडौं । महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
सेयर खरिद गर्न इचछुक कम्पनीकै संस्थापक सेयरधनी वा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले साउन ४ गतेसम्म बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया