काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इचछुक फाइनान्सका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा यसको सेयर रजिष्ट्रार एनएनबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।
उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया