Logo

बिजनेस होम

रिद्धिसिद्धिका नरेन्द्र गुप्तालाई सुन बिक्री नगर्न संघद्वारा बैंकहरुलाई पत्राचार


gdpnepal
   १९ असार २०८१, मंगलबार


काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले रिद्धिसिद्धि ज्वेलर्सलाई सुन बिक्री नगर्न वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ ।

संघका अध्यक्ष सुमनमान ताम्राकारले संघका वरिष्ठ उपाध्यक्ष समेत रहिसकेका नरेन्द्र गुप्ताले आफनो पदीय दायित्व र मर्यादा विपरीत संस्थाको ईज्जत र प्रतिष्ठामा आँच आउने काम गरेका कारण संस्थाबाट निस्कासन गरिएको र यसलाई अदालतले समेत मान्यता दिइसकेको उल्लेख गर्दै उक्त फर्मलाई अब उप्रान्त सुन उपलब्ध नगराउन पत्राचार गरेका हुन् ।

श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा. लि र रिद्धि सिद्धि ज्वेलरी हाउस नेपाल रत्न तथा आभुषण संघ सदस्यता कायम भएको दुई वटा कम्पनी तथा फर्मलाई संघको विधानअनुसार साधारण सदस्य समेतबाट निस्कासन गरिएको पत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकवाट जारी गरीएको सुन आयात तथा बिक्री बितरण सम्बन्धि कार्यबिधि २०६८ को दफा (१२) र दफा (१४) मा भएको व्यवस्था अनुसार, उक्त कम्पनी तथा फर्महरुले बैंकले आयात गर्ने सुन सिफारीसवाट विक्री हुने सुन र विना सिफारीसबाट विक्री हुने सुन दुवै खरीद गर्न योग्यता नपुग्ने देखिएको भन्दै बिक्रीका लागि रोक लगाइएको हो ।

संघले प्राईम कमर्सियल बैंक, नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक, सानिमा बैंक, एन आई सि एशिया बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, कृषि बिकास बैंक, ग्लोबल आई एम ई बैंक, सेन्चुरी बैंक, एनएमबि बैंक, लक्ष्मी सनराईज बैंक, हिमालयन बैंक, माछापुछे्र बैंक, सिटीजन्स बैंक, नेपाल बैंक र कुमारी बैंकलाई पत्र लेखेको हो ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह