Logo

अर्थनीति

नुनको मूल्य बढ्यो, किलोको २६ रुपैयाँ


GDP नेपाल
   २० असार २०८१, बुधबार


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो ।

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।

यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।

 

प्रकाशित : २० असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह