काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया