Logo

बैंक / बिमा /शेयर

चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता


GDP नेपाल
   २० असार २०८१, बुधबार


काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका तथा एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता यो बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया तथा चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरिले हस्ताक्षर गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ ९संशोधन सहित २०८०० अनुसार नगरपालिका भित्र मिति २०८० साउन १ गते वा उक्त मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने छ । नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्ने महानुभावहरूका छोरा–छोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् भने यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले उक्त अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलि दिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यो योजनामा सहभागि हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक, सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोशेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।

प्रकाशित : २० असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह