Logo

बिजनेस होम

यामाहाले बढायो मोटरसाइकलको मूल्य, कुनको कति ?


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौं । यामाहा मोटरसाइकलको मूल्य बढेको छ । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू राइडले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्य बढेको जनाकारी दिएको हो ।

कम्पनीले जारी गरेको सूची अनुसार यामाहो मोटसाइकलको मूल्य सबैभन्दा बढी २० हजार रुपैयाँसम्मले बढेको छ ।

यामाहाको आर १५ एमको मूल्य २० हजार रुपैयाँले बढेर ६ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि आर १५ एम ६ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको थियो । त्यस्तै, एमटी १५ बीएस ६ दुई भेरियन्ट १४ हजार र १५ हजार रुपैयाँले बढेको छ ।

एमटी १५ नर्मलमा १४ हजारले मूल्य बढेर ५ लाख २८ हजार ९०० रुपैयाँ पुगेको छ भने ह्वाइट एण्ड सीडब्लूवाईमा १५ हजारले बढेर ५ लाख २४ हजार ९०० पुगेको छ ।

त्यस्तै, यामाहा एफजेडएस एफआई भी टुको मूल्य ९ हजारले बढेर नयाँ मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ पुगेको छ । एफजेड एफआई भी टुको मूल्य १४ हजारले बढेर ३ लाख ५५ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको छ । फेजर २५ को मूल्यह १५ हजारले बढेर ४ लाख २९ हजार ९०० पुगेको छ । 

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह