Logo

बिजनेस होम

हुन्डाई ‘कोना ईभी’ शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । 

हुन्डाईले कोनामा “जिरो इमिसन, जिरो इन्टरेस्ट”  योजना ग्राहक माझ सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण(मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। 

आफ्नो उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन  सफल भएको जनाएको छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ । कोना एलजी को मूल्य रु। ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य रु. ६४ लाख ९६ हजार छ । 

कम्पनीका अनुसार हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९।२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाइ भोल्टेज ब्याटरी चेक अप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारी साधन मा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९८ प्रतिशत भन्दा बढी पाइएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएकोसमेत उल्लेख गरेको छ ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह