Logo

मुख्य समाचार

मेयर चिरीबाबु विरुद्ध आयुक्त सुमित्राको व्यक्तिगत इगो, अख्तियार नै बदनाम हुँदै


gdpnepal
   २१ असार २०८१, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई पत्र काट्यो ।

पत्रमा २०७८ असार ३१ को उजुरी अनुसन्धानको क्रममा तपाईसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपशिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं. ३ मा उपस्थिति हुन भनिएको छ ।

आयोगले महर्जनलाई असार २६ गते बिहान १० बजे ३ नम्बर गेटमा उपस्थित हुन भनेको छ ।

मेयरले २०७७ सालमा धापाखेलका बाढी पीडितलाई कार्यपालिकाको निर्णय विना पैसा दिएको विषयमा बुझ्नुपर्ने अख्तियारले पत्रमा उल्लेख गरेको छ ।

२०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पिडीतलाई १ लाख ५० हजार र २ लाख ५० हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगवाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको अख्तियारको आरोप छ ।

आयोगको पत्र सुरुवाती नजरमै ‘काइते’ छ किनकी बाढीपीडितलाई तत्काल राहत बाँड्ने निर्णय मानवीयताका आधारमा गरिन्छ । प्रक्रियागत रुपमा कार्यपालिका बैठक राखेर गर्न खोज्दा ढिलो भैसकेको हुन्छ ।

मेयर महर्जनले बाँडेको रकमको आकार आफैंमा ठूलो छैन भने लाभग्राही बाढी पीडित हुन् भन्ने अख्तियारले नै स्वीकारेको देखिन्छ ।

यसरी लोकप्रिय र अहिलेसम्म कुनै विवादमा नमुछिएका मेयर महर्जनविरुद्ध अख्तियारले काटेको पत्र भने उनलाई बदला लिने र तर्साउने नियतले लेखिएको देखिन्छ ।

पत्रको कानुनी पाटो अलग भए पनि नियत भने स्पष्ट छ । आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले हडपेको सार्वजनिक जग्गामा बुधबार मात्र मेयर चिरीबाबु महर्जनले आफ्नै उपस्थितिमा डोजर चलाएका थिए ।

ललितपुर महानगरपालिका– १० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालले हडपेको मन्दिरको जग्गा डोजर लगाएर सांकेतिक रुपमा भत्काइएको थियो ।

महानगरले सार्वजनिक जग्गा खाली गर्न खोज्दा बुधबार नै आयुक्त अमात्यले पदीय हैसियतको चरम दुरुपयोग गर्दै मेयर महर्जनलाई बाढी पीडितलाई सहयोेग गरेको विषयमा बुझ्न नै उपस्थितिका लागि पत्र काटेको स्पष्ट छ ।

महानगरले शक्तिशाली व्यक्तिको घरमा पनि डोजर चलाउन सक्छ भन्ने सन्देश दिएर वाहवाही कमाइरहेका बेला अमात्यले भने पदीय दुरुपयोग गर्दै अख्तियारजस्तो संवैधानिक निकायको शाख गिराउने गरी यस्तो व्यवहार गर्दै आएको पाइएको छ ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता, गुठियार र स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए । महानगरले हडपेको जग्गा खाली गर्न आग्रह गरे पनि नमानेपछि भत्काएका थियो ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह