Logo

बैंक / बिमा /शेयर

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र केयर मेडिकल सेन्टरका तर्फबाट संचालक राहुल सिंघानियाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सक्नेछन् ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले केयर मेडिकल सेन्टरले आफना ग्राहकहरुलाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने भएकोले सेवा लिन आग्रह गरे ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह