Logo

बैंक / बिमा /शेयर

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच सम्झौता


GDP नेपाल
   २२ असार २०८१, शुक्रबार


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले नोभा हस्पिटलले आफना ग्राहकहरुले लाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सुविधा लिन सक्ने बताए ।

साथै उनले औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने पनि बताए ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह